काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज नेप्से आज ५.५४ अंकले घटेर २६३५ विन्दुमा अडिएको छ।
अघिल्लो दिनको तुलनामा नेप्से ०.२० प्रतिशतले घटेको छ। आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि १.६१ अंकले घटेर ४५४.३१ विन्दुमा रोकिएको छ।
सोमबार ६ अर्ब ४७ करोड २६ लाख सात हजार ८०१ रुपैयाँको कारोबार भयो।