सेयर बजार २६२७ अंकमा झर्‍यो

न्युजलय ८ कार्तिक २०८१, बिहिबार ०३:२२ मा प्रकाशित

काठमाडौं । सेयर बजारको गिरावटले निरन्तरता पाएको छ । बिहीबार परिसूचक नेप्से १८.२५ अंक घटेर २६२७ मा कायम भएको छ । बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।

अघिल्लो दिन ६ अर्ब २७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४१ करोडमा खुम्चियो । यस दिन ६७ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने ७ को स्थिर रह्यो ।

आज पनि बैंकिङ समूहले नै बजार झार्नलाई बल पुग्यो ।