बढ्यो सुनको मूल्य

न्युजलय २५ कार्तिक २०७८, बिहिबार ११:१४ मा प्रकाशित

काठमाण्डौ । बिहिबार(आज) सुनको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन अघिल्लो दिनको तुलनामा प्रतितोला १३ सय रुपैयाँले बढेको हो।

बुधबार ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९४ हजार रूपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार हुनेछ। महासंघका अनुसार चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ७० रुपैयाँ पुगेको छ।