आइपिओ निष्काशन गर्दै अपर स्याङ्गे हाईड्रोपावर

न्युजलय २ मङ्सिर २०७८, बिहिबार ०२:३२ मा प्रकाशित

काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावरले साधारण सेयर आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले स्थानियबासी तथा सर्वसाधारणको लागि ८ लाख ७० हजार कित्ता सेयर निश्कानस गर्न लागेको हो । कम्पनीले सेयर निश्कासनको लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ ।


सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७८ मंसिर १ गते बुधबार सम्पन्न भएको छ । सम्झौतामा अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष बिर बहादुर घले तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकाली हस्ताक्षर गरेका छन् । 


कम्पनीले लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गा।पा।वडा नं.४, स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । कम्पनीको भौतिक कार्य अन्तिम चरणमा रहेको र कम्पनीले शेयर निष्काशनको अनुमतीको लागि विद्युत नियमन आयोगमा आवेदन दिने तयारीमा रहेको कम्पनीका कार्यकारी अध्यक्ष बिर बहादुर घलेले जानकारी गराए ।