१५‍.८३ अंकले बढ्यो नेप्से

न्युजलय १० मङ्सिर २०८१, सोमबार ०३:४४ मा प्रकाशित

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक १५‍.८३ अंकले बढेको छ । लगातार दुई कारोबार दिन घटेको नेप्से आज बढेको हो । 

आज शून्य दशमलव ५९ प्रतिशतले बढेर २६८३‍.२४ विन्दुमा बन्द भएको छ । कुल १६९ कम्पनीको मूल्य बढ्यो भने ६७ कम्पनीको मूल्य घट्यो । आज ९ कम्पनीको मूल्य स्थिर रह्यो ।

कुल ६५ हजार ८२४ पटकको सेयर किनबेचबाट ६ अर्ब ३४ करोड ५८ लाख रूपैयाँ कारोबार भएको छ । आज १ करोड २२ लाख ६३ हजार ७८० कित्ता सेयर किनबेच भए ।

सबै कुल १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन र म्युचअल फन्ड घटे भने अन्य सबै उपसमूहहरु बढे ।