भारतमा हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

न्युजलय ३३ जेठ २०८२, आइतबार ०९:३३ मा प्रकाशित

काठमाडौँ । भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । 

आइतबार बिहान केदारनाथ मन्दिर दर्शन गरेर फर्किँदै गरेका यात्रुहरू सवार हेलिकोप्टर दुर्घटनामा परेको हो ।

दुर्घटनामा पाइलट र बच्चासहित ७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। 

दुर्घटनाको खबर पाउनासाथ उद्धार टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको छ।