बिर्तामोड । करेन्ट लगाएर माछा मार्ने क्रममा झापामा एक जनाको मृत्यु भएको छ ।
कनकाई नगरपालिका–१ का बेनुप्रसाद उप्रेतीको करेन्ट लागेर मृत्यु भएको हो ।
उप्रेतीले मंगलबार(आज) बिहान वडा नम्बर–१ प्रजापतिस्थित रेडक्रस भवन नजिकै रहेको भष्मे पैनीमा करेन्ट लगाएर माछा मारेका थिए ।
बिजुलीको तार जडान गरी माछा मार्ने क्रममा करेन्ट लाग्दा उप्रेतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।