नेपाली मूलकी सरहाना श्रेष्ठ‍ न्यूयोर्क राज्यसभा निर्वाचनमा उम्मेदवार

न्युजलय २३ कार्तिक २०७८, मङ्गलबार १२:१५ मा प्रकाशित

काठमाडौं । न्यूयोर्क राज्य विधान सभा चुनावमा  नेपाली मूलकी अमेरिकी नागरिक सरहाना श्रेष्ठ‍ले उम्मेदवारी दिएकी छन्। उनी जिल्ला १०३ बाट विधान सभा चुनाव लड्न लागेकी हुन्। 

उनी न्यूयोर्क राज्य विधान सभाबाट चुनाव लड्न लागेकी पहिलो नेपाली आप्रवासी हुन्। यो पूरानो र सबैभन्दा धरै नेपाली समूदाय रहेको राज्य हो। 

श्रेष्ठ पहिलो पुस्ताकी आप्रवासी हुन्। एसोपको टाउनमा बसोबास गर्ने जलवायु आयोजक श्रेष्ठलाई अमेरिकाको डेमोक्र्याटिक सोसलिस्टहरू र  नोबडी लिभ्स मिड(हडसन भनेर चिनिने स्थानीय संस्थाले समर्थन गरेको छ। 

काठमाडौंमा जन्मिएर हुर्किएकी श्रेष्ठ  सन् २००१ मा नेपालमा गृहयुद्ध चलिरहेको बेला अमेरिका गएकी थिइन्। 


सन् २०१९ मा अमेरिकी नागरिक बनेपछि उनले आवास, स्वास्थ्य सेवा र जलवायुको सुरक्षाका लागि स्थानीय कार्यक्रम सञ्चालन गरेकी थिइन्।