काठमाण्डौ । लगातार तेस्रो दिन मंगलबार (आज) पनि शेयर बजारमा गिरावट आएको छ ।
आज शेयर बजार मापक नेप्से परिसूचक २.२७ अंकले घट्दै २६२७.७४ विन्दुमा झरेको छ । आज सेन्सेटिभ परिसूचक ०.४० अंकले बढेर ४९५.८५ विन्दुमा पुगेको छ ।
कुल २ सय २५ कम्पनीको ६३ लाख ९४ हजार ८ सय १ कित्ता शेयर ३ अर्ब ५ करोड ६ लाख ६४ हजार २ सय १६ रुपैयाँमा किनबेच भएको छ ।
आज सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा यस दिन महालक्ष्मी विकास बैंक लिमिटेडको सबैभन्दा धेरै १३ करोड ९७ लाख ११ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।