सुनको भाउ घट्यो

न्युजलय १० भदौ २०८३, बुधबार १२:३८ मा प्रकाशित

काठमाडौं । बुधबार सुनको भाउ सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक सय रुपैयाँले घटेर तीन लाख २२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख २२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य भने प्रतितोला ७५ रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला चार हजार नौ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधबार चार हजार नौ सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।