संघीय बजेट नआउदा सडक मर्मत भएन

बाबुराम कार्की ८ कार्तिक २०७८, सोमबार १०:३३ मा प्रकाशित

प्रकाशपुर । राजावास, प्रकाशपुर,  चिरौली सडक खण्ड कालोपत्रे बाटो खाल्टा खुल्टी परेर बिग्रिन थालेको छ । 

एसियाली विकास वैंकको सहयोगमा २०६९ सालमा निर्माण भएको कालोपत्रे बाटो बिगत एक वर्षदेखि खाल्टाखुल्टी भएर बिग्रदै गएको हो । राजावासदेखि चिरौलीसम्म १४ किलोमिटर सडकको बिच भागमा खाल्डो परेर ठाउँ ठाउँमा बिग्रदै गएको छ ।

स्थानीय सरकारले पनि मर्मत नगरी यस्तै छाड्ने हो भने सडक र्दुटना बढ्ने स्थानीय उमेश राईले बताए । राजावासदेखि चिरौली चौकसम्मको कालोपत्रे सडक भत्कीएर दुई सय बढी खाल्टा खुल्टी बनेका छन् ।

एक वर्षदेखि साढे तीन मिटर चौडा सडक बिग्रिदै जाँदा सवारी साधनलाई साईट दिनै ग्राहो हुने गरेको स्थानीय चालक विभिषण कविरथले बताए । बाटो मर्मत गर्न सम्बन्धित निकायले चासो नदिदा बाटो बिग्रिदै गएको भोक्राहाका स्थानीय युवराज दाहालले बताए । उनले भने ‘सानो खाल्टाखुल्टी हुँदै मर्मत गरिदैन ।’  

बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल भने, ‘संघिय सरकारले दिएको केहि बजेटबाट चक्रघटीदेखि राजावास डाडा सम्म मर्मत भएको छ । थप बजेट संघिय र प्रदेश सरकार सँग माग गरिरहेको छौ । नगरसँग कालो पत्रे बाटो मर्मत गर्ने बजेट नहँुदा समस्या भएको छ ।’ 

राजावास प्रकाशपुर, भोक्राह सडकखण्ड हुँदै महेन्द्र राजमार्गसँग जोडिने सडकबाट दैनिक कृषि उपजहरु बजारसम्म पु¥याउने सडक बिग्रदै जादाँ सानो वर्षामा समेत सडक जलमग्न हुने गरेको स्थानीयहरु बताउछन् । उक्त सडक हुँदै इनरुवा, धरान लगायतका सहरहरुमा स्थानीयहरुको आवतजावत गर्ने सडक नै बिग्रदै गएको छ ।