काठमाडौं । आज नेवार समुदायको नयाँवर्ष । आजदेखि नेपाल सम्वत् ११४६ सुरु भएको छ ।
राष्ट्रिय विभूति शंखधर साःख्वाले वि.सं. ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वतको सुरुवात गरेका थिए । लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल सम्वतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वतको मान्यता पाएको थियो ।
२०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साःख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।