टी-२० विश्वकप : पाकिस्तानको लगातार तेस्रो जित

न्युजलय १३ कार्तिक २०७८, शनिवार १२:५९ मा प्रकाशित

काठमाडौं । टी-२० विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा पाकिस्तानले अफगानिस्तानलाई हराएको छ। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा अफगानिस्तानलाई ५ विकेटले हराउँदै पाकिस्तानले जारी विश्वकपमा लगातार तेस्रो जित निकालेको हो।


टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनाएको थियो। १४८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ६ बल बाँकी छँदा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो।


सुरुवाती ब्याटिङमा उत्रिएको अफगानिस्तानका लागि मोहम्मद नाबी र गुल्बादिन नाइबले ३५/३५ रन बनाउँदा नजिबुल्लाह जर्दानले २२, करिम जनतले १५ तथा रहमानुल्लाह गुर्बाज र अस्घर अफगानले समान १०/१० रन जोडे।


बलिङतर्फ पाकिस्तानका इमाद वसिमले २ विकेट लिँदा शहीन अफ्रिदी, ह्यारिस राउफ, हसन अली र शदाब खानले समान १/१ विकेट लिए।


जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ५१ रन बनाउँदा फखर जमनले ३०, असिफ अलीले २५, सोयब मलिकले १९ र मोहम्मद हाफिजले १० रन जोडे।


अफगानिस्तानका रासिद खानले २ तथा मुजीब उर रहमान, मोहम्मद नाबी र नविन उल हकले समान १/१ विकेट लिए।