आज ३० आश्विन २०८३ शुक्रवारको राशिफल

न्युजलय ३० असोज २०८३, शुक्रबार ०५:५२ मा प्रकाशित

मेष । आज यहाँहरूको लागि मित्रता र सहकार्य महत्वपूर्ण रहनेछ। घरपरिवार र सामाजिक सम्बन्ध बराबर रुपमा राख्दा फाइदा मिल्नेछ। कार्यगर्दा स्वास्थ्यमा पनि केही ध्यान अवश्य राख्नुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

वृष । कार्यक्षेत्रमा प्रगति र सफलता मिल्ने योग छ। मानसिक ऊर्जा उच्च रहनेछ तर शारिरिक स्वास्थ्य सामान्य रहला। छोटो लाभदायक यात्राको योग बन्दैछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेको छ।

मिथुन । आज यहाँहरूको लागि नयाँ योजनाहरू फाईदाजनक रहनेछ। घरपरिवार र मित्रसँगको समयले मनमा हर्ष र उल्लास ल्याउनेछ। निर्णय गर्ने कुरामा ठुलावडाको सल्लाह अवश्य लिनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट । आज यहाँहरूको लागि घरपरिवारसँग समय बिताउने योग छ। आराम र विलासितामा मन गईरहनेछ। पढाईलेखाईमा विद्यार्थीहरूलाई सफलता र उत्कृष्ट नतिजा हात लाग्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

सिंह । सामाजिक सहयोग फाइदाजनक रहनेछ। मातृपक्षसँगको भावनात्मक सम्बन्ध अझै बलियो हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

कन्या । आर्थिक क्षेत्रमा लाभ कमाउने अवसर प्राप्त हुन सक्छ। सन्तुलित व्यवहार र सही बोलीले लाभ पुर्याउनेछ। स्वास्थ्यमा सजगता अपनाएर कार्य अगाडि बढाउनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

तुला । आत्मबलमा वृद्धि हुनेछ। सोचेको कार्य समयमा सम्पादन हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। व्यावहारिक पक्ष मजबुत रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक । नयाँ नोकरीको लागि गरिरहेको प्रयत्नमा सफलता मिल्नेछ। आम्दानी बढाउन नयाँ कार्यतर्फ अग्रसर भइनेछ। रचनात्मक कार्यमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

धनु । वैदेशिक रोजगारको लागि नयाँ अवसर मिल्नेछ। स्वास्थ्यप्रति सचेत रहनुहोला। समाजमा वा मांगलिक कार्यमा सहभागी हुन पाइएला। शत्रुहरू सक्रिय रहनेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

मकर । व्यापार व्यवसायमा मनग्य लाभ हुनेछ। गृहणीहरूको गृहकार्यमा समय बित्नेछ। युवाहरू करियरलाई लिएर चिन्तित रहनेछन्। कार्यक्षेत्रमा सम्मान बढ्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ । शुभचिन्तकहरूको सहयोगले कार्य समयमा सम्पादन हुनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। स्वास्थ्यको लागि खानपानमा र रहनसहनमा विशेष ध्यान पुर्याउनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

मीन । अप्ठ्यारा चुनौतीहरू पन्छाउने समय रहेको छ। रोकिएको कार्य सम्पादन हुनेछ। व्यापार व्यवसायमा सन्तानबाट सहयोग मिल्ला। भौतिक सुख सुविधा जुटाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।


स्रोत हाम्रोपात्रो