नेपाल टी २० विश्वकप छनोटमा समूह उपविजेता

न्युजलय १६ कार्तिक २०८०, बिहिबार ०६:२६ मा प्रकाशित

काठमाडौ । नेपाललाई पराजित गर्दै ओमान टी २० विश्वकप एसिया छनोटमा समूह ए को विजेता बनेको छ भने नेपाल उपविजेतामै सीमित भएको छ । 


टस जितेर पहिलो फिल्डिङ रोजेको नेपालले ओमानलाई १४५ रनमा रोकेको थियो। जबाफमा नेपालले १४० रन मात्र बनायो।


ओमानसँग ५ रनले पराजित भएपछि सेमिफाइनलमा नेपाल र यूएईको भेट पक्का भएको छ । शुक्रबार सेमिफाइनल खेल हुनेछ ।