भदौ २३ /२४ को घटना पूर्वनियोजित षड्यन्त्र थियो;ओली

न्युजलय २० जेठ २०८३, बुधबार ०१:३० मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा केपी शर्मा ओलीले भदौ २३/२४ गते भएको घटनालाई पूर्वनियोजित षड्यन्त्र भएको दाबी गरेका छन् । 

ओलीले उक्त घटनालाई कसैले आन्दोलन र कसैले क्रान्ति भन्ने गरेको उल्लेख गर्दै त्यो एउटा षड्यन्त्र पुर्ण पूर्वनियोजित घटना आरोप लगाएका हुन् । 

ओलीले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनको सारसंक्षेपमा समेत भदौ २३/२४ को घटना पूर्वनियोजित र प्रायोजित भएको उल्लेख गरिएको दाबी गरे । 

उनले त्यसबेला एमाले नेतृत्वको सरकार संवैधानिक, लोकतान्त्रिक र जनमतका आधारमा बलियो अवस्थामा रहेको बताए । जनताबाट निर्वाचित अत्यधिक बहुमतको सरकारलाई संवैधानिक, कानुनी र संसदीय प्रक्रियामार्फत हटाउने विभिन्न प्रयास भए पनि सफल हुन नसकेको दाबी गरे ।