नेप्सेमा ५४ अंकको वृद्धि

न्युजलय २ साउन २०८१, बुधबार ०९:३१ मा प्रकाशित

 काठमाडौं । नेप्से परिसूचक उच्च वृद्धि भई बन्द भएको छ । आज ५४ अंकले बढ्दा दुई हजार ३६४.६३ अंकमा पुगेको हो ।

आज ३०६ कम्पनीको तीन करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर एक लाख ४९ हजार ६८१ पटक खरिद बिक्री भएको थियो । यस क्रममा १२ अर्ब पाँच करोड ९२ लाख बराबरको कारोबार भएको छ ।

आज सेन्ट्रल फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सिंगटी हाइड्रो, अन्खु खोला हाइड्रो, आज सिटिजन म्युचुअल फन्ड २ को शेयर मूल्य सकिर्ट नजिक पुगेको थियो ।