नेप्से दोहोरो अंकले घट्यो

न्युजलय ३ चैत २०८१, सोमबार ०३:३३ मा प्रकाशित

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज दोहोरो अंकले घटेको छ । सोमबार बजार मापक नेप्से १०.१४ अंकले घटेको हो । बजार घटेसँगै समग्र बजार मापक २,७०४.७० विन्दुमा पुगेको छ ।

आज ८५ कम्पनीको सेयरमूल्य बढ्दा १४५ कम्पनीको घटेको छ । १३ कम्पनी स्थिर रहे ।

बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ । यसदिन पाँच अर्ब ४० करोड ८३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।