२०७८ साल माघ ६ गते बिहिबार

विश्वमै सबैभन्दा बढी कमाउने फिल्म बन्यो ‘स्पाइडर मेन’

न्युजलय १२ पुस २०७८, सोमबार ०२:२५ मा प्रकाशित

काठमाडौं । हलिउड फिल्म ‘स्पाइडर मेन–नो वे होम’ ले १ खर्ब बढीको कमाई गरेको छ । 

जोन वाट्सको निर्देशनमा बनेको यस फिल्मले शुरुवात देखि नै बक्स अफिसमा धमाका मच्चाउदै आइरहेको छ । 

कोरोना महामारीको २ बर्षपछि प्रदर्शनमा आएको यस फिल्मले हालसम्म १ अर्ब अमेरिकी डलर कमाइसकेको छ । यसको नेपाली रुपैया १ खर्ब २० अर्ब हुने गर्छ । 

कोरोना महामारीपछि हलिउडको कुनै पनि फिल्मले यस्तो कमाई गरेको थिएन । सर्वाधिक कमाई गर्दै यस फिल्मले विभिन्न देशमा रेकर्ड पनि राखेको छ । 

फिल्ममा टम होल्याण्ड मूख्य भूमिकामा छन् । यस्तै फिल्ममा अभिनेत्री जेन्डेया, एन्डृउ गरफिल्ड, विलियम डेफोलगायतका कलाकार पनि छन् ।