प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

न्युजलय ११ असोज २०८१, शुक्रबार ११:५९ मा प्रकाशित

काठमाडौं । प्रतिकूल मौसमका कारण देशभर आन्तरिक उडान प्रभावित भएका छन्। लगातारको वर्षाका कारण भिजिबिलिटी कम हुँदा आजका उडानहरू बिहानैदेखि प्रभावित भएका हुन्।

लगातारको वर्षाले भिजिबिलिटी कम भएपछि भद्रपुर, पोखरा, भरतपुर, विराटनगर, तुम्लिङटार, सुर्खेतसहितका विमानस्थल खुलेका छैनन्।

त्रिभुवन विमानस्थल खुले पनि धेरैजसो विमानस्थलमा उडान नहुँदा सयौं यात्रु त्रिभुवन विमानस्थलमै अड्किएका छन्।