सुनको मूल्य बढ्यो

न्युजलय २३ भदौ २०८३, मङ्गलबार ११:४७ मा प्रकाशित

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार ५ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३ हजार ५ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १०० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७९० रुपैयाँमा कारोबार भईरहेको छ ।