बैतडीमा डुंगा दुर्घटना, एक जनाको मृत्यु

न्युजलय ११ कार्तिक २०७८, बिहिबार ०७:०२ मा प्रकाशित

काठमाडौं । बैतडीमा १० जना सवार डुंगा दुर्घटना भएको छ। शिवनाथ गाउँपालिका १ स्थित महाकाली नदीको खाँड घाटमा डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। 


गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले बुधबार साँझ करिब ६ बजेतिर भएको दुर्घटनामा बालिकाको मृत्यु भएको जानकारी दिएकी छन्। मृतकको नाम र उमेर खुल्न नसकेको उनले बताइन् । त्यस्तै एक जना बालक बेपत्ता रहेको र उनको पनि नाम र उमेर खुल्न नसकेको चन्दले बताइन्।


उनका अनुसार अन्य ८ जना सकुसल रहेका छन्। डुंगामा ५ जना चालकसहित १० जना सवार रहेका थिए। डुंगा भारतीय किनारातिर पुग्नै लाग्दा पल्टिएको हो ।