सुनको मूल्यमा सामान्य गिरावट

न्युजलय २३ कार्तिक २०७८, मङ्गलबार ११:२२ मा प्रकाशित

काठमाडौं । मंगलबार(आज) सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो ।    

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ८ सय रहेको छ । 

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य १२ सय ५० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।