काठमाडौँ । सोमबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ । सेयर बजार आज तीन दशमलव ९७ अंकले घटेर दुई हजार ७९ दशमलव शून्य सात विन्दुमा झरेको छ ।
आज माइक्रोफाइनान्स बाहेक सबै समूहको सेयर घटेको छ भने बिमा, उत्पादन, होटल समूहको सेयर उच्च अंकले ओरालो लागेको छ ।
आज एनआइबिएल स्टेबल फन्डको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर भने साढे नौ प्रतिशतले बढेको छ ।
आज तीन सय १६ वटा कम्पनीका ८८ लाख २० हजार कित्ता सेयर चार अर्ब ४० लाख रुपैयाँमा कारोबार भएको छ ।