काठमाडौं । मंगलवार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ ।
आज नेप्से ३० दशमलव ४९ अंकले बढेर ३००१ को विन्दुमा कायम भएको छ । आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३२१ कम्पनीको ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ५२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ ।