काठमाडौँ । बलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ ।
क्रिसमस मनाउनका लागि परिवारसित पानभेल फार्म हाउस गएका बेला उनलाई सर्पले टोकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आइतबार बिहान उनलाई सर्पले टोकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । लगत्तै उनलाई मुम्बईस्थित एमजीएम अस्पताल भर्ना गरिएको थियो ।
उनलाई आजै अस्पतालले डिस्चार्ज दिएको छ ।