प्रदेश १ का प्रदेश प्रमुख खापुङ नियुक्त, प्यासी बर्खास्त

न्युजलय २३ कार्तिक २०७८, मङ्गलबार ०३:४० मा प्रकाशित

 विराटनगर ।  प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई सरकारले बर्खास्त गरेको छ ।

मन्त्रिपरिषद बैठकले प्यासीलाई बर्खास्त गरि पर्शुराम खापुङलाई नियुक्त गर्न सिफारिस गरेको छ ।

सरकारले सोमबार प्रदेश १ सहित कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखहरू पनि परिवर्तन गरेको छ ।

मन्त्रिपरिषद् बैठकले कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रदेश १ मा जनता समाजवादी पार्टीका नेतासमेत रहेका पूर्वसभासद खापुङ प्रदेश प्रमुख भएका छन्।