अञ्जु पन्त र शीव परियारको गीत ’आँसु पिउदै’ सार्बजनिक (भिडियोसहित)

न्युजलय १८ माघ २०७८, मङ्गलबार १०:३१ मा प्रकाशित

काठमाण्डौ । अञ्जु पन्त र शीव परियारको स्वर रहेको गीत ‘आँसु पिउदै’ सार्वजनिक भएको छ । भीष्मराज फुलाराको शब्द, बाबुल गीरीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुनिता बस्नेतको कोरियोग्राफी, रामजी लामिछाको निर्देशन रहेको गीतको भिडियोमा पृथ्वी प्रसाईं र अनु शाहलाई फिचरिङ गरिएको छ । फुलारा इन्टरटेनमेन्ट नेटवर्कमार्फत सार्वजनिक भिडियो श्याम खत्रीले निर्माण गरेका हुन् ।

रूपा मानन्धरको शृङ्गार, सुमन कार्कीको छायाँकन, दिनेश राजबहाकको मिक्सिङ रहेको भिडियोको पोष्ट प्रोडक्शन स्टुडियो द पिक रहेको छ ।