अमेरिकामा एक महिनामै ४३ लाख कामदारले छाडे जागिर

न्युजलय २८ असोज २०७८, बिहिबार ०३:०१ मा प्रकाशित

अमेरिका । अमेरिकामा अगष्ट महिनामा ४३ लाख कामदारले जागिर छाडेका छन् । जागिरबाट बाहिरनेको यो संख्या सन् २००० को डिसेम्बरयताकै उच्च हो ।

बार र रेष्टुराँका कर्मचारीका साथै खुद्रा क्षेत्रका कर्मचारीहरुले जागिर छाड्ने क्रम बढेको हो । कर्मचारीहरुले स्वास्थ्यसम्बन्धी चिन्ता र शिशु हेरचाहसँग सम्बन्धित समस्याका कारण पनि जागिर छाडेका हुन् ।

जागिर छाड्नेको संख्या अघिल्लो महीना २ दशमलव ९ प्रतिशतले बढेर २ लाख ४२ हजारमा पुगेको थियो । आफूले जागिर पाउँछु भन्नेमा कर्मचारीहरुमा मनोबल बढेपछि जागिर छाड्नेको संख्या कीर्तिमानी स्तरमा देखिएको हो ।