तुहिँदै समुन्नत नेपालको सपना

ज्ञानेन्द्र दाहाल ६ असार २०७९, सोमबार १०:३० मा प्रकाशित

ओलम्पिक काउन्सिल अफ एसियाको उपाध्यक्षको रूपमा सेवा गर्ने नेपालबाट पहिलो व्यक्ति शरदचन्द्र शाह । यिनले खेलकुदलाई मात्र उचाइमा लान कोशिस गरेका थिएनन्, बरु यो राष्ट्रमा सुचना प्रविधिको क्षेत्रमा एउटा नया आयाम राख्न चाहन्थे ।

त्यसको फलस्वरुप उनले काठमाडौको धुलिखेलमा अन्तराष्ट्रिय प्राविधिक झिकाएर आइटी पार्क कोलागि अत्याधुनिक भवन निर्माण गराए । बिश्वको  ख्याति प्राप्त कम्पनि माइक्रोसफ्टले उक्त भवनमा आफ्नो केही कार्य सुरु गर्न प्रस्ताव र खाका पठायो । तर त्यो काम त्यसै रोकियो । तर आज त्यो भवन खण्डहरमा परिणत भएको छ । कुन शक्तिले रोक्यो, किन रोकियो अर्को आर्टिकलमा चर्चा गरौला । तर यो योजना निर्माण सम्पन्न भएको भए धेरै प्राविधिकहरुले नेपालमै राम्रो रोजगारी पाउँथे । दशौं हजार युवाले २५ लाख रुपैयाको तलब पाउँथे ।

यो कुरालाई पुष्टि गर्ने एउटा सानो उदाहरण पहिले भन्छु,

नेपालका एलन तुलाधर अमेरिकामा आफ्नो अध्ययन पछि माइक्रोसफ्टमा काम गर्थे । उनको टिमले हटमेल निकाल्यो । हटमेल पछि एमएसएनलाई बेचेर पैसा कमाएर उनी नेपाल आए । आइटी क्षेत्रमा काम गर्ने उद्देश्यले उनले इटहरीको बरगाछी निवासी बिजय श्रेष्ठ (जस्ले इटहरीमा कम्प्युटर इन्स्टिच्युट चलाउँदै थिए) उनैसँग मिली आँपगाछीको पुर्वपट्टी आइटी मेडिकल ट्रान्स्क्रिप्सनिष्ट उत्पादन गर्ने उद्धेश्यले जग्गा किनेर भवन बनाए ।

उनको त्यो कामले त्यतीखेर खुबै चर्चा पायो । १२ कक्षा पास गरेका युवालाई तालिम पश्चात ८० हजार तलब दिने भनेर १०० जनालाई भर्ना गरियो । पढाइ तथा तालिम द्रुत गतिमा करिब ६ महिना जति चल्यो । तर पछि कुनै शक्तिले त्यहाँ खेल खेल्यो । तुलाधर र श्रेष्ठलाई माफियाको ट्याग भिराइयो र अन्तमा उक्त संस्थालाई ध्वस्त पारियो । अहिले पनि ती १०० जनामध्ये ६०–७० जना युवाहरु आइटीको क्षेत्रमा सक्रिय छन् र मासिक लाखौं कमाइरहेका छन् ।

फेरी फर्कौ आइटी पार्कतिरै । यो खंडहर भएको आइटी भवनलाइ यसको उद्देश्यअनुसार नै सञ्चालन गराउन नसक्नु दुर्भाग्य नै हो । तर पछि उक्त भवनलाई उपयोग गर्ने गरी केही योजना बन्यो, जुन कार्यान्वयन भएको भए नेपाललाई नै फाइदा हुन्थ्यो । तर त्यो पनि हुन सकेन ।

उक्त भवनमा मुद्रण केन्द्र स्थापना गर्न वरिष्ठ अनुभवी इन्जिनियर बिगुल पौडेललाइ केपी ओली सरकारले २०७३ मा नियुक्त गरेको थियो । २०७४ सालमा संचारमन्त्री गोकुल बास्कोटाले इन्जिनियर पौडेलको कन्सेप्टअनुसार उक्त मुद्रण केन्द्रलाई स्वायत्त संस्था प्राधिकरण बनाउन आर्थीक विनियम तयार पारे ।

उक्त मुद्रण प्राधिकरणले पहिलो चरणमा हवाइ टिकट, अन्तःशुल्क टिकट, हुलाक टिकट, ब्यालेट मत र यस्तै महत्वपूर्ण सामाग्रीहरु उत्पादन गर्ने र दोश्रो चरणमा एमआरपी पासपोर्ट, सेक्युरिटी थ्रेड सहितको नेपाली करेन्सी रु १० को पेपर मनि तथा रु ५ र १० का सिक्का तयार गर्ने योजना बनाइएको थियो । यस्तै तेश्रो चरणमा रु १० देखि माथि १०० सम्मका सेक्युरिटी थ्रेड सहितको पेपर मनि उत्पादन गर्ने योजना थियो ।

यसैगरी २० वर्षे गुरु योजना बनाएर नेपालमा आवश्यक नेपाली मुद्रा स्वदेशमै प्रकाशन गर्ने लक्ष्य थियो । यदि यो योजना कार्यान्वयन हुन सकेको भए शायद नेपालमै सवारी स्मार्ट लाइसेन्स, राष्ट्रिय परिचय पत्रसमेत सबै यहीँ तयार हुन्थ्यो होला ।

अरबौ रुपया विदेशीइरहेको अवस्थामा गोकुल बास्कोटाले मुद्रण केन्द्रलाई स्वायत्त संस्था प्राधिकरण बनाइ ठुलो धनराशी बाहिरिनबाट रोक्न प्रयास गरेका थिए । तर  ७० करोड प्रिन्टिंग प्रेस घोटला काण्ड देखाइ सम्पुर्ण कार्य रोक्ने कार्य गरियो । बाँस्कोटालाई दोष लगाइएपनि अहिलेसम्म न त कारवाही नै भएको छ, न त उनको योजनाअनुसारको आइटीपार्कको भवन नै सञ्चालनमा आएको छ । यसले गर्दा विदेशीको इसारामा चल्ने सम्मरस्वाठ नेताहरुलाई फाइदै भयो होला । विदेशी प्रेसलाई ठेक्का दिएर करोडौं कमिसन खान मजा नै आइरहेको होला । तर नेपाल आफै आत्मनिर्भर हुनसक्ने अवसरहरु गुम्दै गएको छ ।

आइटी पार्क, एलन तुलाधर अनि गोकुल बाँस्कोटाहरुसँग सम्बन्धित घटनाक्रमले के देखाउँछ भने नेपाल अझैपनि विदेशीहरुको इशारामा चल्छ, यहाँ हुने राम्रो कामलाई अदृश्य शक्तिले अझै तुहाउँछ । समुन्नत र आधुनिक नेपालको सपना यसरी नै तुहिने गरेको छ । नेपालका खानीको उत्खनन होस् या पेट्रोलको सम्भाब्यता अध्ययन का प्रयास हरु नै किन नहुन्, अदृश्य दबाबले रोकिदिएका छन् । नेपालका भावि नेतृत्वहरुले विकाससँगै यस्ता चुनौतिहरुलाई कसरी परास्त गर्ने भन्ने बारेमा पनि तयारी गर्नुपर्ने आवश्यकता देखिएको छ ।