काठमाडौं । आफूलाई ‘जेनजी’ भन्दै केही व्यावसायिक व्यक्तिलाई धम्क्याएको आरोपमा नुवाकोट ककनीका युवराज गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।
सानुभाइ भनेर चिनिने उनी यसअघि ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङमाथि आक्रमण गरेको घटनामा समेत पक्राउ परेका थिए।