म्यानमारमा विस्फोटक पदार्थ राखिएको भवनमा विस्फोट हुँदा ४५ जनाको मृत्यु

न्युजलय १८ जेठ २०८३, सोमबार ११:४४ मा प्रकाशित

काठमाडौँ । म्यानमारको उत्तरपूर्वी क्षेत्रमा रहेको काउङटुप गाउँमा आइतबार भएको विस्फोटमा ४५ जना भन्दा बढीको मृत्यु भएको छ ।

घटनास्थलमा पुगेका उद्धारकर्मीहरूका अनुसार आइतबार साँझसम्म ४६ जनाको शव फेला पारिएको थियो, जसमा ६ जना बालबालिका पनि रहेका छन् ।

प्रारम्भिक अनुसन्धानअनुसार खानी तथा ढुंगा उत्खननका लागि प्रयोग हुने ठूलो मात्राको विस्फोटक पदार्थ भण्डारण गरिएको स्थानमा विस्फोट भएको थियो 

स्थानीय सञ्चारमाध्यमहरूले मृतकको संख्या ५० देखि ५५ जनासम्म पुगेको हुन सक्ने बताएका छन् ।