लमजुङमा पहिरोः तीनवटा घर पुरियो, चारजनाको मृत्यु

न्युजलय १२ असार २०८१, बुधबार ०७:३१ मा प्रकाशित

 लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । 

पहिराले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए । 

पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको बताइएको छ । 

प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरुको शव निकालेका हुन् ।