घट्यो सुनचाँदीको मूल्य

न्युजलय २० पुस २०७८, मङ्गलबार ११:०८ मा प्रकाशित

काठमाण्डौ । मंगलबार(आज) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९०० रुपैयाँले घटेको हो । 

घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यता तेजाबी सुनको मूल्य समेत आज तोलामा ९०० रुपैयाँले नै घट्दै ९१ हजार ७०० रुपैयाँमा झरेको महासंघले जनाएको छ । 

यस्तै चाँदी प्रतितोला १५ रुपैयाँ घटेको छ ।  आज चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।