काठमाडौँ । बुधबार (आज) देखि एशियाको क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता एसिया कप शुरु हुदै छ । आजदेखि शुरु हुने एशिया कपको फाइनल खेल सेप्टेम्बरमा प्रेमदासा स्टेडियम श्रीलंकामा हुने छ ।
एशिया कपका चार खेल पाकिस्तानले आयोजना गर्दै छ भने बाँकी खेलहरु श्रीलंकामा हुने छन् ।
पहिलो पटक एशिया कप खेल्न लागेको नेपालले उद्घाटन खेलमै आज पाकिस्तानको सामना गर्दै छ । पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा हुने यो डे–नाइट खेल नेपाली समय अनुसार अपराहन्न ३ः ४५ देखि शुरु हुदै छ ।
यस्तै, नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ मा श्रीलंकामा खेल्नेछ ।
एकदिवसीय फर्म्याटमा खेलिने एशिया कपको यो १६औं संस्करण हुन लागेको हो । नेपालले एशिया कपमा पहिलो पटक आफ्नो सहभागिता जनाउन लागेकाले पनि नेपालमा यसको विशेष चासो रहेको छ ।