काठमाण्डौ । प्रदेश–२ को लोक सेवा आयोगले आयोगलाई गालीगलौज गर्ने आवेदकलाई कालोसूचीमा राखेको छ।
महोत्तरी बथनाहाका प्रनित कुमार झालाई एक वर्षका लागि कालोसूचीमा राखिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार झाले इमेलमार्फत सोधपुछ गर्ने क्रममा गाली गलौजयुक्त शब्द प्रयोग गरेका थिए। असोज ६ मा बसेको आयोगको बैठकले झालाई एक वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको आयोगले जनाएको छ।
यस अबधिमा झा आयोगका कुनै पनि परीक्षामा सहभागी हुन पाउने छैनन्।