काठमाडौँ । रोमानियामा आगलागीमा जलेर मृत्यु भएका २ नेपाली युवतीको शव नेपाल पठाइएको छ।
गत २९ सेप्टेम्बरमा रोमानियाको प्रहोभास्थित तातरानी सहरमा रहेको होटल डालेमा भएको आगलागीमा मृत्यु भएका इलामको माई नगरपालिका–७ घर भएकी २१ वर्षीया सोनी लिम्बू र काठमाडौँको दक्षिणकाली नगरपालिका–९ घर भएकी २४ वर्षीया सुस्मिता तामाङको शव आज नेपाल पठाइएको हो।
रोजगारीको सिलसिलामा मृतक सोनी १ वर्ष र सुस्मिता ५ महिनाअघि मात्र रोमानिया आएका थिए। काम गर्ने होटलकै माथिल्लो तलामा बस्ने उनीहरूको विद्युत् सर्ट भएर लागेको आगोमा परी मृत्यु भएको हो।
आगलागीमा परी सोनी र सुस्मिताको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते भएकी इलामको चुलाचुली गाउँपालिका–३ घर भएकी सुमिना मगर उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छन्।