बुढीगण्डकीमा बाढी आएपछि सतर्कता अपनाउन आग्रह

न्युजलय ९ बैशाख २०८१, आइतबार ०२:२१ मा प्रकाशित

 धादिङ । गोरखाको चुमनुब्री गाउँपालिक–१ सामागाउँमा रहेको वीरेन्द्र हिमताल फुटेपछि सतर्कता अपनाउन स्थानीय सरकार र प्रशासनले आग्रह गरेको छ ।

हिमताल फुटेपछि त्यहाँको स्थानीय खहरेमा ठूलो बाढी आएको जिल्ला प्रहरी कार्यालय धादिङले सूचना जारी गर्दै जनाएको छ। बाढीले काठको १५ मिटर लामो एउटा पुल बगाएको  छ ।

ताल रहेको क्षेत्र चुननुब्री–१ सानागाउँबाट झन्डै दुई घण्टाको पैदल दुरीमा पर्छ ।

‘त्यहाँ मानव वस्ती त्यति नभएकाले बाढीले मानिस र पशु चौपायालाई क्षति भने नगरेको स्थानीयबासीले बताएका छन् ।

बुढी गण्डकीमा बाढी आउने भएपछि धादिङ र गोरखाका स्थानीय वडाअध्यक्षहरुले सूचना जारी गर्दै नदी आसपासमा नबस्न, नदी किनारमा काम गर्नेहरुलाई सुरक्षित रहेर किनार छाड्न माइकिङ गर्न थालेका छन् ।