५.०८ अंकले बढ्यो नेप्से

न्युजलय ८ माघ २०८१, मङ्गलबार ०३:५७ मा प्रकाशित

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ५ दशमलव ०८ अंकले बढेको छ ।

मंगलबार नेप्से शून्य दशमलव १९ प्रतिशतले बढेर २६१३.०८ विन्दुमा पुगेको हो । 

आज १०६ कम्पनीको मूल्य बढ्दा १२९ को घट्यो भने ८ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

आज १ करोड १६ लाख २६ हजार २० कित्ता शेयर खरिद बिक्री हुँदा ६ अर्ब १९ करोड १ लाख ४१ हजार ८९१ दशमलव १८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।