काठमाडौं । बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरी हवल्दारको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा पाटन नगरपालिका–८ हरिचनका अन्दाजी ३७ वर्षीय नरेन्द्रसिंह महरा रहेका छन् । उनी आश्रित गुल्म बाजुरामा सशस्त्र प्रहरी हवल्दारका रुपमा कार्यरत थिए ।
बाजुराबाट घर आउने क्रममा गएराती २ बजे दशरथचन्द राजमार्ग अन्तर्गत हरिचन मोडमा उनलाई नम्बर नखुलेको गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ।
गाडीको ठक्करका कारण उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी कार्यालय बैतडीले जनाएको छ ।