काठमाडौं । नेपाली फिल्म ‘वर एण्ड वधु’को गीत ‘तिमीसँग’ सार्वजनिक गरिएको छ।
गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर रहेको छ। गीत लेखु सहयात्रीले लेखेका हुन् भने संगीत अर्जुन पोखरेलले दिएका छन्। गोपाल रसायलीको संगीत संयोजनले गीतलाई विशेष बनाएको छ। भिडियोमा फिल्मका मुख्य कलाकार आँचल शर्मा र नव अभिनेता विवेक कर्माचार्यको अभिनय रहेको छ।
‘वर एण्ड वधु’ फिल्म आगामी भदौ १४ मा प्रदर्शन हुने तयारीमा छ। मिलन चाम्सको निर्देशन र प्रदीप भारद्वाजको लेखनमा आधारित यो फिल्मले सामाजिक कथावस्तुलाई मुख्य विषय बनाएको छ।
फिल्ममा आँचल शर्मा र विवेक कर्माचार्यसँगै गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, बिजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रवीन्द्र खड्का, अन्सु महर्जन, दिनेश काफ्ले, सीता न्यौपाने, सुरवीर पण्डित, हिउवाला गौतम, र यमन श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ।