पोर्चुगलद्वारा कामदार भिसा बन्द

न्युजलय २८ कार्तिक २०८२, बिहिबार ०५:४७ मा प्रकाशित

काठमाडौँ । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीहरूलाई कामदार भिसाका नाममा हुने ठगीबाट बच्न आग्रह गरेको छ।

दूतावासले विज्ञप्ति जारी गर्दै पोर्चुगल सरकारले यही कात्तिक ६ गते देखि लागू हुने गरी उच्च दक्षबाहेक सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेको अवस्थामा सावधानी अपनाउन सम्बद्ध सबैसँग आग्रह गरेको हो।

नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई पोर्चुगलमा काम लगाइदिने वहानामा ठगी धन्दा भइरहेको जानकारी प्राप्त भएको सन्दर्भमा दूतावासले यस्ता गैरकानुनी गतिविधि नगर्न र त्यसमा सामेल नहुन चेतावनी दिएको छ।