२०७८ साल मङ्सिर १३ गते सोमबार

सुनको मूल्यमा वृद्धि

न्युजलय ६ मङ्सिर २०७८, सोमबार ११:१४ मा प्रकाशित

काठमाण्डौ । सोमबार(आज) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आज सुन प्रति तोलामा २०० रुपैयाँले बढेर ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन आज ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य भने घटेको छ । तोलामा १० रूपैयाँले घटेर चाँदी १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।