काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोले नौ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् ।
संखुवासभाको भोटखोलास्थित कोशी राजमार्ग, रसुवाको नेपाल–चीन जोड्ने पुल, रसुवाकै पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका हुन् ।
बागलुङको कालीगण्डकी कोरिडोर, म्याग्दीको बेनी– दरबाङ सडक, रुकुम पश्चिमको जाजरकोट, डोल्पा भेरी कोरिडोर र दार्चुलाको गोकुलेश्वर–दार्चुला सडक पूर्ण रुपमा अवरुद्ध भएका हुन् ।
यसैगरी तेह्रथुमको मध्यपहाडी लोकमार्ग, रसुवाको उत्तरगया, पासाङल्हामु राजमार्ग र पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन भएका छन् ।