आज सुनचाँदीको मूल्य स्थिर

न्युजलय १५ असोज २०८३, बिहिबार ११:४४ मा प्रकाशित

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन प्रतितोला दुई लाख ९३ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुन प्रतितोला दुई हजार आठ सय रूपैयाँ बढेको थियो।

यस्तै, बुधबार प्रतितोला चार हजार चार सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आजपनि सोही मूल्यमा किनबेच भइरहेको छ।