कोशी राजमार्ग बगाउँदा धरान–धनकुटा सम्बन्ध विच्छेद

न्युजलय २ कार्तिक २०७८, मङ्गलबार ०७:५२ मा प्रकाशित

धनकुटा । लेउती खोलामा आएको बाढीले सडक बगाउँदा धरान–धनकुटा सडक अवरुद्ध बनेको छ । 

बाढीले साँगुरीगढी ६ फेदीमा करिब ५० मिटर सडक बगाएको छ । मंगलबार दिउँसो ४ बजेतिर लेउती खोलाको धार परिवर्तन भइ कोशी राजमार्गमा सडकमा पसेको थियो।

सयौं गाडीहरु बिच बाटोमा नै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् । 

राजमार्गका वरपरि पहिरोको सम्भावनासमेत बढेको छ । बाढीले सडक बगाएको क्षेत्रमा कुनै बस्तीसमेत छैन । 

जिल्ला सदरमुकामदेखि सुरक्षाकर्मीको टोली बाटो बगाएको स्थानमा पुगेका छन् ।