सुनको मूल्य बढ्यो

न्युजलय ३२ असार २०८३, बिहिबार ११:१९ मा प्रकाशित

काठमाडौं । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार २०० कायम भएको छ । 

यस्तै चाँदीको मूल्य ९० रुपैयाँले घटेर चार हजार ३२५ रुपैयाँ निर्धारण भएको छ ।