प्रदेश १ का मुख्यमन्त्री राईले ३० गते विश्वासको मत लिने

न्युजलय २४ कार्तिक २०७८, बुधबार ११:३८ मा प्रकाशित

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते विश्वासको मत लिने तयारी गरेका छन् । 

अब बस्ने प्रदेशसभाको बैठकमा राईले विश्वासको मत लिने तयारीमा रहेको बताइएको छ । प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी कात्तिक ३० गतेका लागि बैठक बस्ने जनाएको छ ।

कात्तिक १५ गते बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा गर्ने घोषणा गरेपछि सभामुखले प्रदेशसभाको अर्को बैठक कात्तिक २३ गतेका लागि बोलाएका थिए । 

तर मुख्यमन्त्री राईले विश्वासको मत लिएरमात्र मन्त्रीमण्डल विस्तार गर्ने बताएपछि  प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी विशेष कारणले कात्तिक ३० गतेसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिएको थियो ।