मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘बाई नाउ, पे लेटर’ सुविधा ल्याउँदै नेप्स

न्युजलय १८ जेठ २०७९, बुधबार ०२:४३ मा प्रकाशित

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) ले ‘बाई नाउ, पे लेटर’ सेवा ल्याउने भएको छ । आफूसँग आबद्ध बैंकका प्रयोगकर्ताका लागि नेप्सले पहिले खरिद गरेर पछि तिर्न सकिने सेवा ल्याउन लागेको हो ।


यो सेवा अन्तर्गत बैंकले प्रयोगकर्ताको मोबाइल बैंकिङमार्फत एउटा सीमित रकमसम्मको खर्च गर्नसक्ने सुविधा दिन सक्नेछन् ।


यो विशेषगरी तलबी कर्मचारीहरूको लागि ल्याउन लागिएको नेप्सका सीईओ सञ्जीव सुब्बाले बताए ।


प्रयोगकर्ताले आफ्नो तलब नआउँदासम्म मोबाइल बैंकिङ मार्फत उधारोमा पैसा खर्च गर्न सक्नेछन् । जुन रकम तलब आएपछि बैंक खाताबाट काटिनेछ ।