काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ ।
बिहीबार नेप्से परिसूचक १८.३० अंकले बढेर २८५०.३७ को विन्दुमा कायम भएको हो । अघिल्लो दिन बुधबार नेप्से परिसूचक १.९ अंकले घटेर २८३२.०६ को विन्दुमा बन्द भएको थियो ।
आज कूल २ करोड ५४ लाख ३ हजार ५४० कित्ता सेयरको खरिदबिक्री हुँदा ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार रूपैयाँको कारोबार भएको छ ।
आज सिक्लेस हाइड्रोपावर र वरुण हाइड्रोपावरका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।